दफा ८३
प्रतिबेदन पेस गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रमा उल्लेख भएका शर्तको प्रगति प्रतिवेदन अनुमति प्रदान गर्ने अधिकारीसमक्ष वार्षिक रुपमा आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र पेस गर्नु पर्नेछ।

(२) उपभोक्ता संस्थाले अनुमतिपत्र प्रदान गर्ने अधिकारी र स्थानीय तहसमक्ष अनिवार्य रुपमा अनुसूची-११ बमोजिमको ढाँचामा वार्षिक प्रतिवेदन आर्थिक वर्षः समाप्त भएको मितिले साठी दिनभित्र नियमित रूपमा बुझाउनु पर्नेछ ।

(३) अनुमतिपत्र प्राप्त संस्था वा सेवाप्रदायकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले निर्माण वा सञ्चालन गरेको सेवाको विवरण र आफ्नो आय व्ययको विवरण मान्यता प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गर्न लगाई विभाग र मन्त्रालयले तोकेको अधिकारी समक्ष पेस गर्नु पर्नेछ।